King Gyanendra and his close relatives, who enjoy uninterrupted electricity, have not paid more than Rs 50 million to the electricity authority, kantipur reports said today.
"More than Rs 55,486,000 electricity bill has not been paid by the King and his close relatives," kantipur quoted an official of the electricity authority as saying.
'If we calculate the interests and penalty charge than the bill will be more than that,' the paper quoted an unnamed official as saying.
A total of 23 close relatives of the king including the king himself, his son and his close relatives have not paid the bills, the paper said.
There is loadshedding everywhere in Nepal but the royal relatives have got uninterrupted electricity facility.
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=138610
दरबारले ५ करोड महसुल तिरेन
विकास थापा
काठमाडौं, फागुन ११ - कहिल्यै लोडसेडिङ नहुने राजदरबार, राजपरिवार र तिनका भाइभारदारले महसुल भने तिर्ने गरेका छैनन् । राजपरिवार र तिनका सदस्यको महसुल मात्र साढे पा“च करोड रुपैया“ नाघेको छ ।
विद्युत् प्रँधिकरण स्रँेतका अनुसार माघसम्म राजदरबारले ५ करोड ५४ लाख ८६ हजार रुपैया“ तिर्न बा“की
छ । यो रकम विलम्ब शुल्कबाहेकको हो । तिर्न बा“कीमध्ये सबैभन्दा बढी नारायणहिटी दरबारको छ । दरबारले मात्र ३ करोड ४६ लाखभन्दा बढी तिरेको छैन ।
दरबार मात्र होइन, राजाका परिवार, अन्य दरबार, शाही वन, बंगला, महललगायत कुनै पनि निकायको पैसा नतिरेको प्रँधिकरणले जनाएको छ । नारायणहिटी राजदरबारले मात्र पहाडका दर्ुइ
जिल्ला सदरमुकामलाई पुग्ने बिजुली खपत गर्ने गर्छ ।
पैसा नतिर्नेमा राजाका दिदी, बहिनी, छोरी, ज्वाइ“, भाइभारदार, विभिन्न दरबार, बंगला गरी २३ वटा निकाय रहेको प्रँधिकरण मध्यमाञ्चल क्ष्ँेत्रीय उत्तर निर्देशनालयका एक अधिकारीले बताए । यीमध्ये कसैले पैसा तिर्दैनन् ।
बिजुलीको महसुल नतिर्नेमा युवराज पारस बस्ने निर्मल निवास दोस्रँे अग्रपंक्तिमा छ । निर्मल निवासले करिब ४० लाख रुपैया“ तिरेको छैन । त्यहा“ पनि लोडसेडिङ नहुने व्यवस्था छ ।
राजाका दिदी-बहिनीहरूमध्ये शोभाको करिब १२ लाख, हेलेनको ९ लाख १६ हजार, भारती राज्यलक्ष्मीको ३ लाख ८२ हजार रुपैया“ छ । राजाकी छोरी पूजाको ५ लाख ५४ हजार रुपैया“ बा“की छ ।
त्यसैगरी नतिर्ने सूचीमा 'श्री ५ महाराजाधिराज सरकार, पुरानो जा“चबुझ केन्द्र भवन' भनी ९६ हजार र खर्च विभागको एक लाख २८ हजार रुपैया“ छ । अधिराजकुमारी प्रेक्ष्याका नाममा १० लाखभन्दा बढीको बिल तिर्न बा“की रहेको प्रँधिकरणको रर्ेकर्डमा छ ।
राजाका अन्य आफन्त ज्योत्सनादेवी बस्नेतर्,र् इश्वरी राज्यलक्ष्मी, भारतीय राज्यलक्ष्मी, शीताष्म राज्यलक्ष्मी, दिलसा राज्यलक्ष्मीका परिवारले गरी लाखौं रुपैया“ तिरेका छैनन् ।
प्रँधिकरणले राजा, राजपरिवार र दरबारको बिलको हिसाब मात्र राख्ने गरे पनि उठाउन प्रयत्न गरेको छैन । राजाका नाममा रहेको नागार्जुन शाहीवनले १४ लाख, नागार्जुनकै दरबारले करिब तीन लाख, छाउनी बंगलाले २ लाख, हिमागृह पोखराले करिब दर्ुइ लाख, पोखराकै रत्नमन्दिरले करिब नौ लाख, दियालो बंगला भरतपुरले साढे चार लाख, रानी दरबार हेटौंडाले ७६ हजार रुपैया“
नतिरी बसेका छन् ।
यति धेरै रकम बक्यौता हु“दा पनि प्रँधिकरणले 'कालोसूची' मा राखेको छैन ।
प्रँधिकरणलेे र्सवसाधारणलाई भने निश्चित अवधिपछि सय प्रतिशतभन्दा बढी जरिवाना असुल्ने गर्छ । उसले तोकिएको समयभित्र महसुल नबुझाउनेको घरमा लाइन काट्ने गर्छ ।
No comments:
Post a Comment